
नीरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘पेरिस्कानो’ लोकार्पण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, एनएसडब्लुका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का साहित्यकार विप्लव प्रतीक, पूर्व राजदूत लक्की शेर्पा,सङ्गीतकार न्ह्यू बज्राचार्य र लेखक त्रिपाठीले एकसाथ पुस्तकको विमोचन गरेका थिए।
लेखिका नीरु त्रिपाठीले प्रबासको दिनचार्यमा पुस्तक लेख्न सहज नभएको बताउदै सन्तानको मुख देख्ना साथ प्रसाब पिडा बिर्सेकी एउटी आमा जस्तै पेरिस्कानो हातमा परे पछि सबै कुरा बिर्सेको बताईन।
आफुले कल्पना गरेका आफुले सोचेका बिबिध कुरा हरु अनि जीवन मा प्राप्त गरेका नगरेका सबैलाई पात्र खडा गरेर उसैमा ति घटना घटित भएको देखाउन सक्ने शक्तिशालि व्यक्ति लेखक हुने बताउदै यस मानेमा आफुले उठान गरेका पात्रहरु लाई पनि आफुले राम्रै न्याय गरेको बिश्वास पनि निरुले व्यक्त गरिन ।
लोकार्पण कार्यक्रममा महाबाणिज्यदुत दिपक खड्का साहित्यकार विप्लव प्रतीक, पूर्वराजदूत लक्की शेर्पा,सङ्गीतकार न्ह्यू बज्राचार्य ,बुक हिलका प्रकाशक भूपेन्द्र खडका लागाएतका अतिथिहरुले ‘पेरिस्कानो’ देश छोडेका धेरै युवा युवतीले आफ्नो प्रतिबिम्ब देख्ने कथा हुने बताउंदै शुभकामना दिएका थिए ।