आज बिहान सिमराबाट १० बजे उडान हुने नेपाल वायुसेवाको १७ सिटे बिमान यसै उड्न ढीला भैरहेको थियो ।
यात्रुहरु विमान उड्ने प्रतिक्षामा थिए । विमानको सिट यात्रुरुले भरीएको थियो । अभिभावकले आफ्ना बच्चाहरु लिएर बसेका यात्रुहरु पनि थिए । सबै जना आफ्नो टिकट लिएर बिमानमा बसेका यात्रुलाई नेपाल वायुसेवा निगमको स्थानीय महिला कर्मचारी तथा बिमान परिचारीकाले कहिले बच्चालाई काखमा राख्न दबाबा दिईन त कहिले सीटमा बसीरहेका यात्रुलँई यताउता सर्न दबाब दिईरहिन ।
उनलाई एउटा ईन्जीनीयरलाई काठमांडौ पठाउनु थियो त्यो पनि अग्रिम हवाई उडानको नियमअनुसार टिकट लिएर सिटमा बसेकालाई हटाएर यात्रुहरु पनि के कम् कसैले मानेन उल्टो सिट भन्दा बढी मान्छे किन ?
भनेर यात्रुहहरुले थर्काएपछि अनदस्पट बिना हवाई उडान नियम पालना नगरी बिमानमा चढेका ईन्जीनीयर लुरुक्क परी ओर्लीए भने बिमान
परिचारिकाको पनि केही लागेन ।
के यात्रुहरुले सिकाउनु पर्ने हो वायुसेवा निगमका कर्मचारी अनी पढेलेखेका ईन्जीनियरलाई ?
नेपाल वायुसेवा निगमजस्तो संस्था र हवाई उडानमा यस्तो लापर्वाही सैहिय हुन्छ ।
त्यही बिमानमा चढेका यात्रु दमन बस्नेतले मोबाईलबाट त्यत्रो भिडियो खिच्दा पनि कसैलाई पत्तो छैन ।
के नेपाल वायुसेवा निगमको अनुशासन यही हो ? पर्यटन तथा नागरीक उडडयन मन्त्री रबीन्द्र अधिकारीले दिनदिन एयरपोर्ट गएर के नियाली रहेछन् ? के बिमानमा सडकमा गुड्ने सार्वजनिक यातयातमा झै यात्रुलाई दबाब दिएर कोच्न पाईन्छ , कतिसम्मको लापरवाही हो ?
भिडियो
https://www.facebook.com/dambasnet/videos/2203286286352972/
भिडीयो तथा समाचार स्रोत दमन बस्नेतको फेसबुकबाट


