बिगत तिस बर्ष देखि निरन्तर शिक्षण पेशामा आबद्ध रहेका प्राध्यापक शिक्षक हुन केशव जोशी । बौद्ध स्थित अरुणीमा स्कुलमा २०४६ सालमा पुर्व प्राथमीक शिक्षाको अध्यापनबाट शिक्षण पेशाको शुरुवात गरेका शिक्षक तथा प्राध्यापक जोशी हाल अरुणीमा कलेजका क्याम्पस प्रमुख हुन भने प्लस २ का सयोजक हुन । उनै प्राध्यापक केशव जोशीस“ग गरीएको शैक्षिक कुराकानीको अंश ।
पहिले र अहिले शिक्षण शैलीमा के फरक छ ?
धेरै परिवर्तन छ । पहिला सबेै बिद्यार्थी एउटै हो भन्ने सिद्धान्तबाट पढाईन्थ्यो त्यही अनुसार एउटै मेथडबाट सबैलाई पढाईन्थ्यो । तर अब प्रत्येक बिद्यार्थी फरक हो एउटै मेथडबाट पढाउदा सबैले बुभm्छन भन्ने छैन ,बिद्यार्थीको सिक्ने र बुझने तरिका फरक हुन्छ भनेर बुझाउनु पर्छ ।
अहिले टिचिङ लर्नीङे छैन पहिला बिद्यार्थीको एक्पोजर लेबल कम थियो ,अहिले बढेको छ , स्रोत साधन कम थियो अहिले बढेको छ । अहिले सिक्ने माध्यम धेरै छ । समयस“गस“गै धेरै परिवर्तन भएको छ ,अहिले आएको प्रबीधीस“ग नजिक रहेका शिक्षण गराउनु पर्छ । अहिले टिचिङ लर्नीङ हुनुपर्छ ।
पहलिाकै कुरा गर्ने हो भने शिक्षक कक्षमा उपस्थित नहुदा पढाईनै हुदैन भनिन्थ्यो तर अहिले त्यस्तो छैन प्रबिधिले शिक्षक नै नभएनी पढाईमा बाधा पुग्दैन बिभिन्न सिक्ने तरिकाहरुमा विकास भैरहेको छ । ब्यवहारीक शिक्षामा बढी जोड दिनेबेला आएको छ ।
त्यसो हो भने अहिले शिक्षण पेशामा चुनौती कत्तिको छ त ?
ओहो अहिले त शिक्षण पेशामा यत्ति धेरै चुनौती छन् की ,कुनै समय यस्तो तरिकाले पढाई हुन्थ्यो की शिक्षक कक्षामा उभियो कि ल पढाई भयो भन्ने हुन्थ्यो ,शिक्षक र बिद्यार्थीको उपस्थिितिलाईनै पढाई भयो भनिन्थ्यो के ज्ञान प्राप्त भयो भन्नेतीर खासै ध्यान चासो हुदैनथ्यो ।
कक्षामा एउटा शिक्षक चक र डस्टर र टेक्स्टबुक लिएर उभिए पुग्थ्यो , अब उभिएर मात्रै हुदैन , अनि पहिला टीचीङ मेथडको कुरा गर्ने हो भने लेक्चर मेथड थियो ,कक्षामा गयो लेक्चर दियो सिधियो अब जमाना त्यो छैन । अब चुनौती धेरै थपएिको छ ।
१
एउटा शिक्षक कक्षामा बिद्यार्थीको अगाडि उभिंदा पढाउने मेथड एउटा हैन धैरैवटा मेथड लिएर उभिनु पर्यो । बिद्यार्थीको शिक्षण तरिका फरक हुन्छ । कोही बिद्यार्थी सुनेर सिक्न चाहन्छन ,कोही बिद्यार्थी देखेर सिक्ने हुन्छन त्यही अनुसार पुर्वाधार तयार पारेर शिक्षक कक्षामा बिद्यार्थीको अगाडि उभिनु पर्ने चुनौती छ ।
२
प्रबिधिस“ग नजिक नभए एउटा शिक्षकलाई कक्षामा गएर अध्यापन गराउन गार्हो हुन्छ । अहिले स सना बच्चाहरुसमेत प्रबिधिमैत्री भैसकेका छन् । तुरुन्तै विश्वमा के भैरहेको छ थाहा भैसक्छ । जसका कारण एउटा शिक्षकले एउटा किताब भित्र जे जे लेखिएको छ त्यसको बर्णन गरेर मात्र पुग्दैन । अहिले टेक्नोलोजी ज्ञान र शिक्षाको प्रमुख स्रोत बनेको छ । त्यसैले हरेक शिक्षक प्रबिधिमैत्री हुनु जरुरी छ यो पनि ठुलो चुनौती छ । यदि शिक्षकले। प्रबिधिमा ज्ञान नराख्ने हो भने शिक्षण प्रभावकारी हुन सक्दैन ।
३
बिद्यार्थीहरुमा आएको परिवर्तन अनुसार शिक्षकले शिक्षण गराउन जरुरी छ । बिभिन्न जेनेरेशनका बिद्यार्थीहरु स“ग शिक्षकले भिज्नु पर्ने हुन्छ जेनेरेशन अनुसार कुन जेनेरशनका बिद्यार्थीस“ग छौ भन्ने हिसाबले आफुलाई शिक्षकले परिमार्जीत गर्दै लैजानु पर्छ । अहिले बिद्यार्थीहरुको बुझ्ने स्तरमा छिटो विकास भैरहेको छ । त्यही हिसबाले बिद्यार्थीहरुको भावना बुझेर शिक्षकले शिक्षण गराउनु पर्ने चुनौती छ ।
क्याम्पस प्रमुखको नजरमा अरुणीमा कलेजको परिचय के हो ?
अरुणीमा कलेज टोटल पर्सनालीटी डेभलपमेन्टको मोटो लिएर हिडेको छ । शिक्षा ,समय सापेक्ष , प्रबिधि मैत्रीे ,भ्यालु बेसड हुनुपर्यो भनेर परिवर्तनसंगै अरुणीमा अगाडि बढेको छ ।
बिशुद्ध शैक्षिक संस्थाको रुपमा अगाडि बढेको अरुणीमा गुठीबाट चलेको संस्था हो जहा“ बिद्यार्थीहरुको लागि चाहिने सम्पुर्ण सुबीधा दिएका छौं ।
अरुणीमा कलेजमा भएको शैक्षिक शिक्षण सिकाईको लागि आवश्यक पर्ने सम्पुर्ण ब्यवस्था ,लाईब्रेरी ,ल्याब अनुभवी शिक्षक तथा प्राध्यापक , शिक्षाको लागि ब्यवस्थित यि पुर्वाधारको ब्यवस्थाले अरुणीमा शैक्षिक क्षेत्रमा क्रान्ती ल्याउने र शिक्षा क्षेत्रमा स्थापीत तरीकाले लागेको संस्था हो । बिद्यार्थीहरुले आफुले छानेर ,बिद्यार्थिहरुले मन पराउने सम्पुर्ण ब्यवहारीक तथा सैद्धान्तीक बिषयहरुको सुबीधा रहेको छ ।
३३ बर्षको ईतिहा“स बोकेको अरुणीमा स्कुल र कलेजको स्तरबृद्धि पनि बढ्दो छ र पहिचान पनि अलग छ शैक्षिक क्षेत्रमा ,हालसम्म ६ हजार बढी बिद्यार्थीहरु अरुणीमा बाट उत्पादन भैसकेका छन् । अझ अरुणीमा कलेजको स्तरोन्न्तीको लागि हामी सदैव खटीरहेका छौ ।


