लामो दूरीका सार्वजनिक यातायात बन्द

२०७५ बैशाख २०, बिहीबार ०८:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यातायात व्यवसायीहरूले देशभर चल्ने लामो दूरीका सार्वजनिक यातायात बन्द गरेका छन् ।

सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका हुन् ।

सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने सरकारी नियमका विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसयीहरूले आज लामो दूरीमा चल्ने सबै गाडी ग्यारेजमा थन्काएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

सरकारले ल्याएको नीति हेरफेर नभएसम्म आन्दोलन जारी राख्ने भन्दै सिटौलाले भोलि सबै क्षेत्रमा चल्ने गाडी ग्यारेजमा थन्किने बताउनुभयो ।

आज पनि देशभर समितिमार्फत चल्ने गाडीका काउन्टरहरू बन्द भएका छन् । समितिहरूले देशभर लामो दूरीमा यातायात बन्द गर्दा यात्रुहरूले मार खेपीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय