नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने पहिलो ब्यक्ति सिन्धुपाल्चोककी सुत्केरी महिला

२०७७ जेष्ठ ३, शनिबार ०९:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा कोरोना भाइरसबाट सिन्धुपाल्चोक बाह्बिसेकी सुत्केरी महिलाको   महिलाको मृत्यु   भएको छ ।  नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने उनि पहिलो हुन ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षिय महिलालाई कोरोना भाइरस भएको पुष्टि भएको  छ ।

पीसीआर र आरडीटी दुबैमा पोजिटिभ देखिएको छ । ९ दिन अघि काठमाडौं टिचिङमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी थिइन् । अत्याधिक ज्वरो आएपछि उनलाई हिजो धुलिखेल अस्पताल ल्याइएको थियो ।

धुलिखेल अस्पतालको आकस्मिक कक्ष सिल कोरोना आंशकामा महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।

ती महिला सिन्धुपाल्चोक बाह्रबिसेको रहेको बताइएको छ । हिजो अस्पतला ल्याउने बित्तकै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय