सात लाख हेलिकप्टर भाडा तिरेर बिरामी उपचार गराउन बाध्य छन -अध्यक्ष भन्डारी

२०७६ आश्विन ११, शनिबार ०७:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमांडौ धुम्बाराहीमा अवस्थीत ह्याम्स हस्पीटल पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले संञ्चालन भैरहेको छ । हाल हेलीप्याडसहितको सेवा प्रदान गरीरहेको ह्याम्स अस्पताल हेलीप्याड राख्ने तेश्रो अस्पताल हो । समग्र स्वास्थ्य सेवा र हेलीप्याड प्रयोगको सन्दर्भमा ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भन्डारीसंग गरीएको कुराकानी

हेलिकप्टर चढेर कहा“का बिरामीहरुले बढी सेवा लिएका छन् ?

नेपालको भौगोलीक अवस्थालाई मध्यनजर गर्दै ह्याम्स अस्पतालमा संचलन गरीएको  सेवा लिने संख्या दिनदिन बढीरहेको छ । हेलीप्याड संचालनमा ल्याएको १ महिनामा झन्डै दश बाह् वटा प्लाईट भएको छ । बिशेष गरी दुर्गमा क्षेत्रमा भएका बिरामीको लागि इमर्जेन्सी सेवा दिने सुवीधा हामीले दिएका छौं ।

नेपालमा घुम्न आएका पर्यटकहरु जस्तै कैलाश मानसरोवर आएका भारतीय पर्यटकहरु त्यस्तै हिमाल चढ्न आएका पर्यटकहरुलाई हेलिकप्टर  बाट रेस्क्यु गरेर ह्याम्समाबाट ल्याईएको छ । त्यस्तै नेपालका बिरामीहरुको कुरा गर्ने हो भने पोखरा ,पुर्व बिराटनगर झापा , बुटवल र हिमाली जिल्लालगाएत ,धनगढीदेखिका बिरामीहरु हेलीप्याडबाट आएर ह्याम्समा स्वास्थ्यसेवा लिईरहेका छन् ।

हेलिकप्टर को महंगो भाडा तिरेर अस्पतालमा उपचार गराउन सक्ने बिरामीको अवस्था के छ ?

राष्ट्रिय मापदण्ड हेर्ने हो भने नेपालको लागि हेलिकप्टर को भाडा महंगो हैन ,तर नेपालको आर्थिक अवस्थालाई हेर्ने हो भने महंगोनै छ । जस्तै पोखराबाट काठमांडौ एक डेढ लाखमा लाग्छ भने धनगढीबाट आउंदा ७ लाख हेलीकै भाडा तिर्नुपर्छ तर त्यतिनै पैसा तिरेर उपचार गर्न इमर्जेन्सीमा आउनुपर्ने बिरामीको बाध्यता छ । त्यो सबै एयरलाईन्ससंग सम्बन्धी हुन्छ अस्पताल संग सरोकार हुदैन ।

ह्याम्स अस्पताल कुन स्तरको हो ?
ह्याम्स नेपालमा भएको अस्पतालहरु मध्ये राम्रो सेवासुबिधा दिने अस्पताल हो । अरस्पताल को स्तर सरकारले नै तोक्न सकेको छैन हामीले राम्रो सुबीधासम्पन्न अस्पताल हो भन्ने हो । हामी एक दुई नम्बरमा पर्छौ भन्दैनौ । यहा“ सबैखालका रोगको उपचार  छ।

भिडियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय