सडक पिच गर्न माग गर्दै चुच्चेपाटीजोरपाटी सडक प्रभावित

२०७६ बैशाख २६, बिहीबार ११:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

लामो समयदेखि निर्माणको क्रममा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको सडकको अवस्था नाजुक छ । ठूलठला खाल्डा परेको सडकका कारण बीच सडकमै बस पल्टिन थालेका छन् ।

लामो समयदेखि सडक मर्मत नहुँदा सो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलो हुने गरेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपा अगाडिको सडकमा हिँडडुल गर्न समस्या छ । अहिले सो क्षेत्रमा पर्यटकको आगामन शुन्यमा छ ।

सरकारले समयमै काम सम्पन्न गर्न चासो नदिएपछि छिटो भन्दा छिटो पिच गर, धुलो, धुवाँ, हिलोबाट तत्काल मुक्त गर भन्दै स्थानीयबासी र व्यवसायीहरु बाटो र बजार बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

चुच्चेपाटी(टुसाल(बौद्ध(जोरपाटी सडकखण्ड विस्तार र निर्माण सुरु भएको आधा दशक हुन लागिसक्दा पनि सम्पन्न नभएपछि स्थानीयहरु अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।

बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् । समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

यसबाट सडक किनारका बासिन्दा र व्यापारीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सडक जीर्ण भएकाले मानव स्वास्थ्यमा असर परेको र व्यापार व्यवसाय पनि संकटमा परेको गुनासो उनीहरुको छ ।

यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो । सम्झौताअनुसार यो सडक २०७४ को माघ महिनामै यो सडक बनिसक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक निर्माण कार्य पूरा नगरेर अलपत्र छाडिएको छ । सरकारले भने ठेकेदार कम्पनीको म्याद थपेको थप्यै गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय