राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा नियुक्त

२०७६ बैशाख १७, मंगलवार १२:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झालाई नियुक्त गरिएको छ। डा झाले प्रयोगशालामा दोस्रोपटक निर्देशकको जिम्मेवारी पाएकी हुन्।

यसअघि प्रयोगशालाका निर्देशक डा हरिषचन्द्र उप्रेती थिए। डा उप्रेतीले उमेरका आधारमा अवकाश पाएपछि सरकारले डा झालाई जिम्मेवारी दिएको हो। डा झालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र नै दिइसकेको सहसचिव जनार्दन गुरागाईंले जानकारी दिए।

यसअघि डा झा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा कार्यरत थिइन्।

डा झाले प्रयोगशालाको गुणस्तर बढाउने र अनुमगनलाई तिव्रता दिने बताइन्।

उनले विदेशमा नमुना परीक्षणका लागि पठाउने अवस्थाको अन्त्य गर्दै प्रयोगशालाको विकास र विस्तारमा लाग्ने पनि बताइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय