समाजसेवी ब्रम्हलिन मुक्तानन्द सरस्वति ज्यूको १२ औं स्मृति दिवसको अवसरमा गलेश्वर आश्रम देवघाटमा निस्शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा आश्रममा रहेका १५५ जना वृद्ध वृद्धाहरुले निशुल्क सेवा लिएका थिए । अजसृका आयुर्वेद एण्ड पंचकर्म सेन्टर ( भैंसेपाटी, ललितपुरको आयोजनामा सम्पन्न सो शिविरमा आयुर्वेद चिकित्सालय नरदेवीका विशेषज्ञ चिकित्सक डा।कोपिला अधिकारीको संयोजकत्वमा आएको चिकित्सक एवं स्वास्थ्य कर्मीको टोलिले निस्शुल्क स्वास्थ्य परिक्षण एवं औषधि वितरण गरेको थियो ।

शिविरमा विशेष गरि बाथ एवं हाड जोर्नी सम्बन्धि समस्या, दम, खोकी, एलर्जी लगायत स्वाश प्रश्वास सम्बन्धि समस्या, अम्लपित्त, कब्जियत, पाईल्स, सामान्य कमजोरी, प्रोस्टेट, मधुमेह, शोथ, मानसिक तनाव, अनिद्रा लगायत स्वास्थ्य समस्या पाईएको कार्यक्रम संयोजक डा।अधिकारीले बताउनु भयो ।



