पर्यटक बोक्ने चालक र सहचालकले अनिवार्यरुपमा पोसाक र परिचयपत्र नलगाए कारवाही गरीने पर्यटन बिभागले जनाएको छ ।
वैशाखदेखि पर्यटक बोक्ने गाडीका चालक र सहचालकले अनिवार्यरुपमा पोसाक र परिचयपत्र हुनुपर्ने छ । पर्यटक बोक्ने गाडीको चालक र सहचालकको निश्चित पोशका नभएकै कारण धेरै पर्यटक झुक्कीने गरेको बताईएको छ ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पोसाक र परिचय पत्र यसअघि नै अनिवार्य भनिए पनि हालसम्म पूर्णरुपमा कार्यान्वयनमा नआएको भन्दै वैशाख १ गतेबाट लागू नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
विदेशी एवम् स्वदेशी पर्यटकले सहजरुपमा गाडी चिन्न सकून् भन्ने उद्देश्यले गाडीका कर्मचारीलाई अनिवार्यरुपमा पोसाकको व्यवस्था गरिएको विभागका महानिर्देशक घिमिरेको भनाइ छ ।
नेपाल पर्यटक यातयात ब्यवसायीसंघका अध्यक्ष रामशरण कार्की पर्यटन यातयात ब्यवसायमा धेरै बेथीति रहेको बताउंछन् । पर्यटन सवारी साधन अनुमती बेगर नै चलाईरहेको ,करको दायरमा नआउने पर्यटन यातयात संञ्चालन गर्ने निश्चित नियम हुदाहुदै सबै संघसंस्थाहरुले मनोमानी ढंगबाट पर्यटन सवारी भन्दै संचालन गरीरहेको अध्यक्ष कार्कीको गुनासो रहेको छ । यि सबै समस्यालाई समाधान गर्दै पर्यटक सवारी चालक र सहचालकको लागि अनिवार्य पोशाक र पचियपत्रको ब्यवस्था गर्ने उनको भनाई रहेको छ ।
भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेसँगै पर्यटक बोक्ने सवारीसाधनलाई पनि व्यवस्थित गर्दै लैजान लागिएको विभागले जनाएको छ । पर्यटक बोक्ने सवारीसाधनका कर्मचारीले पोसाकसँगै बोलिवचन पनि केही परिवर्तन गरुन् भन्नका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जनाइएको छ ।


