निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंहले निर्माण ब्यवसायी मैत्री नितिको खांचो रहेको बताएका छन् ।
शुक्रबार निर्माण ब्यवसायीसंघ सिन्धुपाल्चोकको १४ औ बार्षिक साधारणसभाम तथा छैठौ अबिधेशनमा बोल्दै महासंघका अध्यक्ष सिंहले सरकारले निति बनाउन आलटाल गरीरहेको गुनासो गरे ।

सिन्धुपाल्चोक चौतारामा पुगेका महासंघका अध्यक्ष रवी सिंहले निर्माण ब्यवसायीसंघ सिन्धुपाल्चोकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
निर्माण ब्यवसायीसंघ सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापाले आफ्नो कार्यकालमा सहनीय काम गरेको उल्लेख गरेभने निर्माण ब्यवसायीसंघलाई सबैको सहयोगको खांचो रहेको अध्यक्ष थापाले ओैल्याए ।

कार्यक्रममा सिन्धुपाल्चोकका बिभिन्न पदाधिकारीहरुले निर्माण ब्यवसायीसंघलाई लुटेराको नजरले हेरेकोमा दुख ब्यक्त गरे । निर्माण ब्यसायीसंघको छैठौं अबिधेशनले शनिबार नया कार्यसमिति चयन गर्दैछ ।


