नेपालमा अझै अनिच्छित गर्भधारणको दर बढ्दो

२०७५ चैत्र ४, सोमबार १६:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपालमा गर्भधारण गर्न नचाहने महिलाहरुको संख्या अझै बढ्दो देखिएको छ ।

नेपालमा जतिसुकै प्रबिधिको विकास भएपनि अन्च्छिित गर्भधारण गर्ने महिलाहरु बढी देखिएका छन् ।

गुटमाकर ईन्स्टीच्युट र वातावरण स्वास्थय र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपाको अध्ययन प्रतिबेदनले गर्भधारण गर्न नचाहने प्रजनन उमेरका महिलाहरु मध्ये ४४ प्रतिशत महिलाहरुमा परिवार नियोजनका आधुनीक साधनबाट बञ्चित भएको तथ्यांक सार्वजनिक गरेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरी कृपाले नेपालमा हरेक बर्ष अनुमानीत ५,३९००० अनिच्छित गर्भ अर्थात कुल गर्भधारणको ४५ प्रतिशत रहेको अध्ययनले देखाएको बताएको हो ।

गर्भधारण गर्न नचाहने ४४ प्रतिशत महिलाहरु गर्भनिरोधक साधनबाट बञ्चित रहेकोले स्वास्थ्यमा समस्या देखापर्ने गरेको समेत बताईएको छ ।

अनिच्छीत गर्भधारण गर्ने महिलाहरुले गर्भनिरोधक साधन नपाएको कृपाका सहनिर्देशक तथा अध्ययनकर्ता महेश पुरीले बताए ।

नेपालमा परिवार नियोजनको आधुनीक साधनको सेवा प्रदान गर्न सन् २०१७ को अमेरीकी डलर अनुसार प्रत्येक बर्ष १ करोड ८० लाख अमेरीकी डलर खर्च हुन्छ भने परिवार नियोजनको साधनको चाहना हुदाहुदै पनि नपाएका महिलाहरुको माग पुरा गर्न सेवा विस्तार गर्न ३ करोड ३० लाख अमेरीकी डलर खर्च हुने अध्ययनले देखाएको छ ।

नेपालमा परिवारनियोजनका आधुनीक साधन मातृत्व र नवजात शिशु स्याहारमा बृहत लगानी हुनुपर्ने डक्टर महेश पुरीको भनाई छ । कार्यक्रममा गुटमाकर ईन्स्टीच्युटका अनुसन्धान बिज्ञ डाक्टर अपर्नाले परिरवार नियोजनका आधुनीक साधन तथा मातृत्व र नवजात शिशु स्वास्थ्य सेवामा गरेको लगानीले राष्टलाईनै फाईदा पुग्ने बताईन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय