विप्लव नेतृत्वको बन्दकर्ता सडकमा छैनन्

२०७५ फाल्गुन ३०, बिहीबार ०७:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ ।

बिहानैबाट निजी सवारी साधन निर्वाध चलिरहेका छन् । तर, सार्वजनिक सवारी साधनमा भने यसको प्रभाव परेको छ । सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका छन् ।

काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छैनन् ।

शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ ।

बन्दकर्ता सडकमा देखिएका छैनन् ।

विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय