एशोसिएसन फर आइडिया नेपालले गरेको २१ औं अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवस २०७५ कार्यक्रममा समाजसेवी अक्कल तामाङ सम्मानीत भएका छन् ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले सम्मान गरेका हुन् ।
कल्याणकारी स्वयमसेवक संघका अध्यक्ष रहेका समाजसेवी तामाङले एकदर्जन बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाइसकेका छन् । नेपालको कल्याणकारी तथा सामाजीक क्षेत्रहरुमा काम गदै आइरहेका तामाङले नेपाल सरकारले प्रदान गर्ने रत्न श्री अवार्ड २०७५, अमेरीकाबाट मानवीय संसादन अवार्ड २०१६, भोलेन्टीयर्स फेडरेसन दक्षिणकोरीयाको संस्थाबाट भोलेन्टीयर अफ दि इयर २०१६, जर्मनीबाट पाथ टु सक्सेस अवार्ड २०१७ बाट सम्मानीत भइसकेका छन् ।
आदर्श र निति कुष्ठरोग प्रबावीत व्यक्तिहरुको आत्म सम्मान र प्रगति भन्ने मुल नाराको साथ २१ मार्चको अवसरमा आइडिया नेपालले रसियन कल्चर सेन्टरमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।


