प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले नेपालमा महिला हिंसा संसदबाटै हुने गरेको बताएकी छन् ।
राज्यले महिलालाई हेर्ने नजरमा परिवर्तन गर्न नसेकोकमा नेतृ चन्दा चौधरीले गुनासो गरेकी छन् ।
नारी दिवसको पुर्व सन्ध्यामा नेपाल भारत महिला मैत्री समाजले राजधानीमा गरेको नेपालमा महिला पत्रकारको अनुभव र चुनौती बिषयक अन्तरक्रियामा बोल्दै नेतृ चौधरीले संसदमा महिलाहरुले बोल्दा पुरुष सांसदले बाहिर राम्रो बोल्नुभो भन्छन तर भित्रभित्रै ईष्र्याको भाव राख्ने गरेको अनुभव सुनाईन ।
केन्द्रमा रहेर बिभिन्न संञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरुले महिला पत्रकारहरुको समस्या र चुनौतीबारे आफ्नो अनुभव साटे । पत्रकारीता क्षेत्रमा महिलालाई शो पिसकै रुपमा हेरीने चलनको अन्त्य नभएको र महिला र पुरुष पत्रकारहरुबीच मिडिया हाउसका सम्पादकहरुलेनै बिभेद गरेको अनुभव महिला पत्रकारहरुको रहेको थियो ।
आम महिला पत्रकारहरुको संञ्चार क्षेत्रमा आयु लामो नहुने , र पत्रकारीता क्षेत्रबाटै विस्थापीत हुनुपर्ने बाध्यता बिभेदकै काराण भएको महिला पत्रकारहरुले गुनासो राखेका थिए ।
नेपाल भारत महिला मैत्री समाजले गरेको कार्यक्रममा मधेशी महिलाअधिकारकर्मी रिता शाहले आफुले भोगेको संघर्षका अनुभव सुनाएकी थिईन ।
फोटो फिचर

भीडीयो


