ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाका मृतकहरु,सम्झनामा श्रदाञ्जली सभा

२०७५ फाल्गुन २३, बिहीबार १५:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले शुक्रवार काठमाडौंमा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र  अधिकारीसहित ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाका मृतकहरु, र पूर्व-उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनको सम्झनामा श्रदाञ्जली सभा आयोजना गरेको छ ।

श्रदाञ्जली सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष  पूर्व प्रधानमन्त्री समेत रहेका नेता माधव नेपाल, नेकपाका सचिवालय सदस्य वामदेव गौतम, नारायाणकाजी श्रेष्ठ, गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘वादल’ लगायतको उपस्थिति थियो ।

यसैगरी श्रदाञ्जली सभामा दिवंगत नेता भरतमोहन अधिकारीका बुहारी शान्ति अधिकारी, दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई , रवीन्द्रका भाइ कमल, छोराहरु विराज र स्वरोज पनि उपस्थित थिए ।

पर्यटन उद्यमी आङछिरिङ शेर्पाका परिवारका सदस्यहरु, ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मृतकका परिवारका सदस्यहरु पनि उपस्थिति थिए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय