राष्ट्रिय जनता पार्टी राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता

२०७५ फाल्गुन २३, बिहीबार १५:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय जनता पार्टी राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रशेम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाए लगतै राजपाले समर्थन फिर्ता लिने निर्णय गरेको हो । अदालतको फैसलाले राजपा स्तब्ध र मर्माहत बनाएको अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई तिहाई हुँदाहुँदै संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दी रिहा नगरेको, मुद्दा फिर्ता नलिएको भन्दै उसले सरकार असफल भएको बताएको छ ।

‘सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहकाले राजपा नेपालले केपी शर्मा ओलीको सरकारलाई दिइआएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ’ अध्यक्ष यादवले विज्ञप्तिमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय