नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचारका क्रममा राती ९ ३० बजे निधन भएको छ ।
उहाँको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भैर्हेको थियो। निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना हुनुभएको थियो ।
उहाँ मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री हुनुभएको थियो ।
त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उहाँकै योजना थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।



