उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रीको पद आफुलाई भन्झट भएको आशय ब्यक्त गरेका छन् ।
शुक्रबार रसायन तथा मेडीकल आपुर्ती संघ नेपालको तेहेै साधारण सभा तथा नया“ कार्य समितिलाई बधाई दिंन उपस्थित भएका मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताए ।
उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले भने स्वास्थ्य क्षेत्रको हरेक निकायमा समस्या मलाई लाग्यो कुन जन्जालमा म फसे । मन्त्री यादवले स्वास्थ्य नीति बनाउन लागेको जानकारी दिंदै सबै समस्यालाई समाधान गर्दै अगाडि बढ्ने आश्वासन बांडे ।
कार्यक्रममा नेपाल मेडीकल एशोशीयसनका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेका कारण आन्दोल गर्न बाध्य भएको गुनासो गरे ।

रसायन तथा मेडीकल आपुर्ती संघका अध्यक्ष सुरेश घिमिरेले २० अर्बभन्दा बढीको स्वास्थ्य उपकरणको कारोवारमा हुने गरेको तर सरकारले राजस्वमा मनोमानी गरेर ब्यापारमा असर पुगेको गुनासो गरे ।
रसायन तथा मेडीकल आपुर्ती संघ केम्सनको तेर्है साधारणसभाले पुनह निर्विरोध रुपमा सुरेश घिमिरेकै नेतृत्वमा आगामी २ बर्षको लागि नया कार्यसमिति चयन गरेको छ ।



