सपथ लिएपछि दिपक मनाङ्गेले भने ‘ ९ महिना जेलमा बसेँ

२०७५ माघ १४, सोमबार १२:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।

सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।

सपथ खुवनए लगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख सिर्जना, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हात मिलाएर बधाइ दिए ।

मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । उनले करिव ८ महिना जेल बसे । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट आएका थिए । सपथ लिएपछि खुशी व्यक्ति गर्दै उनले भने ‘ ९ महिना जेलमा बसेँ, अब केही दिन कुरौं भनेर कुरेको थिएँ ।’

उनले सरकारलाई राम्रो काममा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय