पूर्व युवराज पारस शाह हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको थियो।
अस्पताल स्रोतका अनुसार अहिले उनको आइसीयूमा उपचार भइरहेको छ। मुटुरोग विशेषज्ञ यादवदेव भट्टको निगरानीमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।
उनलाई हृदयघात भएको यो तेस्रो पटक हो। यसअघि नै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको थियो। अस्पतालले जनाए अनुसार उनको स्वास्थ्य परिक्षणको रिपोर्ट आउन बाँकी छ।
पूर्व राजा ज्ञानेन्द्र र पूर्व राजा कोमल भने अहिले सिमरामा छन्।


