बाँकेमा ट्रक र माइक्रो बस ठोक्किदा छ जनाको मृत्यु

२०७५ आश्विन २०, शनिबार १४:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा चार जना यात्रुको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक आज बिहान राप्ती सोनारी गाउँपालिकाको मुगुवा खोला नजिक ठोक्किएका थिए ।

माइक्रो बसले ओभरट्याग गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय