‘शंकराचार्य’ गिरीलाई पशुपति कार्यक्रम गर्न रोक

२०७५ श्रावण २६, शनिबार १३:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी -अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ ।

 गलत मानसिकता भएका कथा वाचकहरुले गलत प्रचार गरेर आफ्नो बदनाम गर्न खोजेको गिरीको आरोप छ ।

गलत प्रचार गरेर सरकारलाई भम्रमा पार्न खोजियो’ उनले भनेकी छन्, ‘गलत सूचना र भम्रलाई सरकारले पनि पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’

अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ ।

उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर, उनलाई सुमार्गी भवन उपलब्ध नगराइने भएको छ ।

पशुपति विकास कोषले सुमार्गी भवनको ठेक्का लिएकाहरुलाई बोलाएर त्यो भवन हेमानन्दलाई नदिनू भनेर धम्क्याएको उनको दाबी छ । शनिबार पत्रकार सम्मेलन गरेर उनले थपिन्, ‘हामीले तयारी गरेको कार्यक्रमको स्थान परिवर्तन गरेका छौं । अब हाम्रो कार्यक्रम डोलेश्वर महादेव मन्दिर भक्तपुरमा हुनेछ । भारत, बंगलादेश, थाईल्याण्ड, युरोपका विशिष्ट व्यक्तिहरुको आगमन हुनेछ ।’

पशुपति क्षेत्र विकास कोषले भने हेमानन्द गिरीलाई शंकराचार्य पदवी दिएको र पशुपतिमा कार्यक्रम गर्न कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय