कम्युनिस्ट लोकतन्त्रवादी र बाघ शाकाहारी उस्तै हो -शेरबहादुर देउवा

२०७५ असार ५, मंगलवार १६:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् ।

सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै देवाले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन । कम्युनिस्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्नु बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो ।’

सरकार भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको उनको दाबी छ । संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिस्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको देउवाले बताए ।

कांग्रेसले एउटा लडाइ हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे ।

पार्टीभित्र केहि असतुष्टि अभिव्यक्त भएको भन्दै उनले भनेका छन्, कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन् ।’

संविधान निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिदा पार्टीको केही काम गर्न ढिलाइ भएपनि महत्वपूर्ण काम अगाडि बढेको दाबी गरे ।
देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय केही नभएको भन्दै बाँकी जीवन पनि यसैमा समर्पित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय