स्मार्ट लाइसेन्स परीक्षाको नतिजा एसएमएसबाटै

२०७५ जेष्ठ २६, शनिबार १४:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए/नभएको जानकारी एसएमएसबाटै लिन सकिने भएको छ ।

ट्रायल पास भएपछि, रिन्यू र वर्ग थपका लागि दिएको आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि अब विभागमा पटक-पटक जानुपर्ने छैन ।

यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय