तेश्रो‘नेशनल हर्टिकल्चर एक्स्पो–२०८२’ बिहिबारबाट काठमाडौको भृकुटीमण्डपमा शुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालले आयोजना गरेको एक्सपो ५ दिनसम्म चल्नेछ । मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायमा युवालाई आकर्षित गर्न लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताए । मल, बीउ, तालिमको अभाव तथा नर्सरी व्यवसाय सञ्चालनका लागि पर्याप्त जग्गा नहुँदा व्यवसायी समस्या भोग्नुपरेको भन्दै मन्त्री पौडेलले ,तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएमा ब्यवसायिक चुनौती समाधान गर्न सकिने बताए ।

सङ्घका अध्यक्ष रामजीप्रसाद तिमल्सेनाले नर्सरी व्यवसायलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यसको सम्भावनाको अध्ययन र प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

मेला संयोजक रविनकुमार गौतमले नर्सरी क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुत गरिएको तथ्याङ्कअनुसार देशभर तीन हजारभन्दा बढी नर्सरी व्यवसाय सञ्चालनमा रहेको जानकारी दिए । “यस क्षेत्रमा रु ११ अर्बभन्दा बढी लगानी रहेको छ । वार्षिक ६ अर्बभन्दा बढी कारोबार हुने गरेको छ”, उनले भने, “प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक लाख २० हजारले रोजगारी पाएका छन् ।”

कार्यक्रममा नर्सरीहरु बीच ८ वटा बिधामा प्रतिस्पर्धा गराएर उत्कृष्ट नर्सरीलाई नगद पुरस्कार सहित सम्मान गरीएको थियो ।

दिर्घकालीन क्रियाशील नर्सरी ब्यवसायी सम्मान २०८२ उषा खड्कालाई प्रदान गरीयो भने बर्ष बिशेष उत्पादक नर्सरी ब्यवसायी सम्मान २०८२ भरत कुमार बस्नेतलाई प्रदान गरीयो ,साथै दुई संञ्चारकर्मीलाई कृर्षि पत्रकारीता सम्मान प्रदान गरीयो ।

उद्घाटन कार्यक्रममा कृर्षिसंग सम्बन्धीत बिभिन्न बिधा ,संघसंस्थाका प्रतिनधिसंगै बिशेषज्ञहरुको सहभागिता रहेको थियो ।
मेलाको सह–आयोजकमा पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेका छन् । मेलाको सहयोगीमा एजिए एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, फ्लोरिकल्चर सहकारि संस्था र ग्रिस्मा नर्सरी साथै मेलास्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रालि र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म रहेका छन् ।
फोटो फिचर



