श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेजीको माग गरेका हुन् । उनले बैठक समयमा सुरु गर्न पनि आग्रह गरे । साम्पाङले जनताले चाहेका कुराहरु संसदमा सुनाउँदै पहिलो बुँदामै यस्ता माग गरेका हुन् ।
उनले भने, म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो। म जनताको मागहरु जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहीरहुन्जेलसम्म यो देश रहनुपर्छ ।
हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता हामी राख्दर्छौं । देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’ उनले साना दललाई आफ्ना कुरा राख्न समय थोरै दिएको भन्दै असन्तुष्टि पनि जनाए।


