राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् ।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले रोस्ट्रमबाट हात जोडेर माफी मागेका हुन् । उनले दलित समुदायमाथि सदियौँदेखि अन्याय भइरहेको बताए ।
सरकारको तर्फबाट माफी माग्दै उनले भने,‘यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमायाचनाका साथ केही भन्नुछ । यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलोपटक सार्वजनिक र सामुहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट । आजसम्म दलित समुदायले भोगेको विभेद अन्याय नभई संगठित अपराध थियो । अब कुनै पनि नेपाली जातका आधारमा अपमानित महशुस गर्नेछैन ।’
सरकारले शासकीय सुधारको एक सय कार्यसूचीमा दलित समुदायसँग माफी माग्ने निर्णय गरेको थियो । सोही अनुसार सभापति लामिछानेले संसदबाटै दलित समुदायसँग माफी मागेका हुन् ।


