एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध

२०८२ चैत्र १८, बुधबार १२:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्।पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए। बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।

दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भए पनि अन्तिममा फिर्ता भए।एमालेले प्रत्यक्षमा ९, समानुपातिकबाट १६ सीट जितेर प्रतिनिधि सभाको तेस्रो दल बनेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय