चैत्र १९ देखि तेश्रो नेशनल हर्टीकल्चर एक्स्पो हुँदै

२०८२ चैत्र १७, मंगलवार ०८:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट


चैत्र १९ गते बिहिवार देखि काठमाडौको भृकुटीमण्डपमा तेश्रो नेसनल होर्टीकल्चर २०८२ हुने भएको छ । मगलबार राजधानीमा पत्रकार सम्मेलन गरी नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तेस्रो नेसनल हार्टिकल्चर एक्स्पो २०८२’ गर्ने जानकारी गराएको हो । चैत्र १९ गतेदेखी २३ गतेसम्म ५ दिन चल्ने होर्टीकल्चर (बागबाणी) एक्स्पो २०८२ मा
पुष्प,फलफूल, कृषि वन र जडीबुटीको बृहत प्रदर्शन हुने एक्स्पो सयोजक तथा नर्सरी व्यवसायी सघ नेपालका वरिष्ठ उपाध्यक्ष रबिन गौतमले जानकारी दिनु भयो । गौतमका अनुसार एक्स्पोमा ५६ ओटा नर्सरी ,कृषि बन ,जडिबुटी तथा फलफूल मल औजार खाद्यान्नका स्टल रहने छन भने ४ ओटा प्रतिस्पर्धात्मक स्टल र दुई ओटा फूड स्टलसहित ५६ ओटा स्टल रहनेछ ।

नर्सरी क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बृहत् प्रदर्शनी गर्न लागिएको सङ्घले जनाएको छ। नर्सरी व्यवसायलाई व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी बनाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित एक्स्पोको निरन्तरता रहेको सघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।

‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने मूल नारासहित सञ्चालन हुने प्रदर्शनीमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । एक्स्पोमा उत्कृष्ट हार्टिकल्चर प्रस्तोता, उत्कृष्ट फूल प्रस्तोता, उत्कृष्ट ल्यान्डस्केप डिजाइन, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट सजावटी बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट फलफूल बिरुवा तथा उत्कृष्ट औषधीय तथा सुगन्धित बिरुवा विधामा विजेतालाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। बिध्यार्थी र ज्येष्ठ नागरिकलाई रु ५० र अन्यलाई नगद रु १०० एक्स्पोको अवलोकन शुल्क राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय