महेश बस्नेत पक्राउ गर्न अदालतले अस्विकार गर्यो

२०८२ चैत्र १६, सोमबार ११:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतले अस्वीकार गरेको छ । उनलाई पक्राउ गर्नका लागि अनुमति माग गरिएको मिसिल जिल्ला अदालत काठमाडौंले फिर्ता पठाएको छ ।

शोभा पाठकको जाहेरीका आधारमा बस्नेतलाई पक्राउ अनुमति माग गर्दै न्यायाधीश ध्रुव कार्कीको इजलास मिसिल पेस गरेको थियो । तर, तामेलीमा गरिसकेकोमा मुद्दामा पक्राउ अनुमति दिन नमिल्ने भन्दै अदालतले मिसिल फिर्ता गरेको हो ।

आइतबार शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा बस्नेतलाई पक्राउ गरी कारबाहीको माग राखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएकी थिइन् । सोही निवेदनको आधारमा प्रहरीले बस्नेतलाई पक्राउको अनुमति माग गर्दै पुनः मिसिल पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय