नर्सरी ब्यवुायीसंघ नेपालले दोश्रो बार्षिकोत्सवको अवसरमा नर्सरी बाटिका सरसफाई गरेको छ । शहिद पार्क जगडोलमा आइतबार बिहान संघले सरसफाई कार्यक्रम गरेको हो । नर्सरी ब्यवसायीसंघले नै गोकर्ण स्थित शहिद पार्क जगडोलमा गतबर्ष त्रिफला बाटिका निर्माण गरेको थियो । “नर्सरी ब्यवसायको विकास र बिस्तार स्वच्छ वातावरण सहित आय र रोजगार” भन्ने नारा सहित स्थापना भएको संघले स्वच्छ वाताबरणको लागि र बोट बिरुवा संरक्षणको लागि सचेतनामुलक कार्यक्रम गरेको बताएको छ ।
आइतबार बिहान संघका पदाधिकारीसहित नर्सरी ब्यवसायीहरुको बाक्लो सहभागितामा शहिदपार्क सरसफाई गरीएको थियो । सरसफाई कार्यक्रममा संघका अध्यक्ष राम्जी तिमिल्सिेनाले संघलेनै निर्माण गरेको त्रिफलाबाटिका सहित स्वच्छ वाताबरणको लागि सरसफाईको कार्यक्रम राखीएको बताए । त्यस्तै नर्सरी ब्यवसायीसंघका बरिष्ठ उपाध्यक्ष रबीन गौतमले अहिलेको बिषम परिस्थितिमा नर्सरी ब्यवसायलाई चलायमान बनाउनको लागि बिभिन्न कार्यक्रमहरु गर्दै जानै बताए ।
नर्सरी ब्यवसायी तथा संघमा सल्लाहाकार कुमार कसजुले देशमा आन्दोलन र संघर्ष गर्दा शान्तिपुर्ण गर्नु पर्ने बताउदै नर्सरी ब्यवसायीहरुको पहिचानको आन्दोलन स्वरुप बिभिन्न सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए । शहिद पार्क जगडोलका अध्यक्ष सुदर्शन सिग्देलले जल जमिन र वातावरणको संरक्षणको लागि नर्सरी ब्यवसायी संघ संग सहकार्य गर्ने बताए । सरसफाई कार्यक्रमसंगै शहिदहरुको नाममा माल्यार्पण समेत गरीएको थियो । कार्यक्रममा पार्क क्षेत्रमा रहेको प्रहरी कार्यलयलाई संघले नर्सरी तथा फुल समेत प्रदान गरेको थियो । फोटो फिचर :












