
पशुपतिको किरिया पुत्री भवन परिसरमा सोमबारबाट शोर्ह श्राद्द अवधीभर (भदौ २६ देखि असोज ७) पितृ उद्दारको लागि सोर्ह श्राद्द हुने भएको छ ।
बेवारीसे लास ब्यवस्थापन तथा पुनर्जीवन केन्द्रले पितृ खुशी भए घर परिवार साथै सम्पुर्ण रास्ट्रनै खुशी हुनेछ भन्दै ज्ञात अज्ञात प्रेतात्मा तथा पितृ उद्दार धार्मिक अनुस्ठानका लागि सोर्ह दिनसम्म पहिलो पटक श्राद्द गर्न लागेको जनाएको छ ।
लामो समय देखि बेवारिसे लासको ब्य्वस्थापन गर्दै आएका बिनयजङ्ग बस्नेत र पुजा बिश्वकर्मा बस्नेतले सोर्ह दिन सम्म श्राद्द अर्थात पितृ कार्य गर्ने छन । साथै १३ दिन सम्म बेवारिसे अवस्थामा मृत्यु भएका ब्यक्तिहरुको आत्मा शान्तिको लागि किरिया पनि बसिने जानकारी पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा बिनयजङ्ग बस्नेतले भने ” पहिचान नखुलेका र बेवारिसे अवस्थामा मृत्यु भएका ब्यक्तिहरुको लास पो हामिले ब्यवस्थापन गर्यौ तर हाम्रो धार्मिक विधि अनुसार त केई पनि गरेका छैनौ त्यसैले यसपटक हामीले यो कार्य कोहि नभएका पितृ उद्दारको लागि गरेका हौ ” बस्नेतले थपे १३ दिन सम्म पहिचान नखुलेका र अपरिचित लासहरुको सदगद त गरियो तर उनिहरुको आत्मा शान्तिको लागि म आफै १३ दिनसम्म कपाल खौरिएर बिधिपुर्बक किरिया बस्छु यदि कसैले आफ्नो पितृहरुको कार्य गर्न बाकी छ भने सोर्ह दिन पशुपतिमा आउन सक्नेछन आफ्नो पितृको फोटो लिएर जहाँ गरुड पुराण सबै विधि हुनेछ ।
तेस्तै पुजा बिश्वकर्माले भनिन ” एक्सन फर सोसिएल चेन्ज” थिम लिएर हामी अगाडि बढिरहेका छौ हामीले लास त सदगद गर्यौ तर विधि पनि पुर्याउनु पर्छ भनेर सामुहिक रुपमा सोर्ह श्राद्दको समय पारेर यो पितृ मोक्ष कार्य गर्न लागेका हौ सबैले साथ दिनुहुनेछ भन्ने बिश्वास छ । ”
बेवारिसे लास ब्यवस्थापन तथा पुनर्जीवन केन्द्रले अहिले सम्म देशैभरका विभिन्न जिल्लामा ६ हजार भन्दा बढी बेवारिसे लासहरुको सदगद गर्दै आएको छ । बिगत १५ बर्ष देखि बिनयजङ्ग बस्नेत र पुजा बस्नेतले बेवारिसे लास ब्यवस्थापन गर्दै आएका छन ।
बेवारिसे मृतकको लागि पशुपतिमा सोर्ह श्राद्द र १३ दिन किरिया
२०८२ भाद्र २२, आईतवार १२:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2026: Sunkeshari मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Webbank Nepal


