बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ ।
बिहीबार साँझ करिब सात बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा(रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई सय मिटर अगाडिबाट भे १ ख १३२९ नम्बरको बस भेरीमा खसेको हो ।
बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ।


