मुटु जीवीत प्राणीको अभिन्न अंग हो । मुटु विना जिवनको कल्पना गर्न सकिंदैन । पछिल्लो समय हार्टअट्याकको समस्याले मान्छेको जीवन कतिबेला सकिन्छ पत्तै हुदैन । बिशेष गरी नाम चलेका मानिसहरुको हार्टअट्याकका कारण मृत्यु भएका घट्नाहरु धेरै रहेका छन् ।
के हार्टअट्याकनै हाईप्रोफाईल डेथ हो त भन्ने कौतुहलता सबैमा जाग्छन् नै । बिगत २५ बर्षको समय अवधीमा ५ हजार भन्दा बढी मानिसहरुको मुटुको अप्रेशन गरीसेका मुटु तथा फोक्सो विशेषज्ञ डक्टर केशव भट्टराई भन्छन् समस्या हाईप्रोफाईल भन्दा पनि सबैमा हुन्छ ।
हाल अष्ट्रेलीयामा रहेर काम गरीरहेका डक्टर केशव भट्टराईका अनुसार हार्टअट्याक ४० देखि ७० बर्षको उमेरमा हुने गर्छ , तुरुन्तै उपचार हुन सकेन भने ज्यानै जान्छ ।
बिशेष गरी हार्टअट्याकको लक्षण छाती दुख्नेनै हो जब मानिसलाई छाती दुख्छ तब हेलचेक्राई गर्नु हुदैन भने कतिपयलाई छाती नदुखी हार्टअट्याक हुन्छ डाक्टर भट्ट।ाई भन्छन् । डक्टर केशव भट्टराईका अनुसार बालबालिका देखि नै मटुको समस्या भैरहने गर्छ ।
नेपालको सन्दर्भमा मुटुको भल्भ सम्बन्धी समस्या बढी रहेको छ । बिगत २५ बर्षदेखि अष्ट्रेलीयामा रहेर हार्ट सर्जनको रुपमा काम गरीरहेका डक्टर केशव भट्टराई मुटुको समस्याबाट बच्न समयसमयमा स्वास्थ्य परिक्षण गराउन सबैलाई सुझाव दिन्छन् । डक्टर केशव भट्टराईस“ग गरीएको भीडीयो कुराकानी


