नेपाल देखि जर्मनीसम्म आयुर्वेद योगा टुरीज्ममा बिष्णु कार्कीको लगाव

२०७५ चैत्र १६, शनिबार ११:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

सिन्धुपाल्चोकको लामोसांगुमा जन्मीएका आयुर्वेद तथा योगा थेरापीष्ट बिष्णु कार्की नेपालमा मात्रै हैन जर्मनीमा समेत बिगत २५ बर्षदेखि आयुर्वेद टुरीज्मलाई विस्तार गरीरहेछन । भीजीट नेपाल २०२० लाई केन्द्रित गर्दै आर्युवेद योगा टुरीज्मलाई प्रमोशन गर्न लागि परेका आयुर्वेद तथा योगा थेरापीष्ट बिष्णु कार्कीले नेपालमा गरे के हुदैन भन्ने उदाहरण बन्ने उदेश्यले आफ्नो करीयर आयुर्वेदमै खोजेका हुन ।

करीयर शुरुवात

सन १९९५ बाट काठमांडौमा रहेको एक टाभल एजेन्सीबाट यात्रा शुरु गरेका कार्कीले  सन २००० बाट टुर गाईड गर्न थालेका हुन । फेरि यहि बीचमा उनी स्वीस कम्पनीसंग आबद्ध भएर समेत काम गरे । टुर गाईड उनले छोटो समय मात्रै गरे ,सोही समयमा उनको जर्मनका पर्यटकहरुसंग चिनजान हुन थाल्यो ।

बिदेशी पर्यटकले आयुर्वेद पद्धतीलाई बढी ध्यान दिएको देखेर बिष्णु कार्कीले आफ्नो करीयर आयुर्वेदपटी रोजे । तत्पश्चात तत्कालै भारतको जयपुरमा गएर उनले पन्ध्र दिनको तालीम लिए डक्टर कटौजाबाट जो अहीले टप आर्युबेद डक्टर छन् ईन्डीयामा । तत्पश्चात कार्की लागे स्विजरल्यान्ड त्यसपछि उनको करीयर र योगदान हाल सम्म आर्युवेद र योगा टुरीज्ममा निरन्तर रहीरहेको छ ।

प्रेरणाका स्रोत आफ्नै पीता

सिन्धुपाल्चोक आफैमा डांडाकांडाले ढाकीएको मनोरम जिल्ला सोही ठाउमा जन्मीएका आयुर्वेद तथा योगा थेरापीष्ट बिष्णु कार्कीलाई सानै देखि आयुर्वेद उपचार शैली मन पर्ने जसको कारण थियो उनको आफ्नै पीता ।

आफु सानो छंदा पीताले घरवरीपरी भएको बिभिन्न जडीबुटीबाट ओैषधी बनाएर खुवाएको उनले सम्झे ।

आफ्नो पीताले वरीपरी पाईने तितेपाती ,हलेदो , चिराईतो ,दामपाते ,घोडताप्रे ,पंहेले जरा लगाएतका झारपातबाट औषधी बनाएको देखिेपछि त्यतिबेलै आयुर्वेदपटी आफ्नो मोह रहेको बताउंछन् ।

बिष्णु कार्कीले आफ्नो बुबाले आयुर्वेदको किताबनै पढेर उपचार गरेको सम्झीएर भन्छन त्यो किताब अहिलेनी खोज्छु भेट्दीन ।

अहिले आयुर्वेदको स्कोप बढदै गएको छ ,यस्लाई बिस्तार गर्न चाहन्छन् कार्की ।

विलासी जिवनको उपचारको लागि आयुर्वेद योगा

बद्लीदो समयसंगै मानिसहरु बिलासी जिवन जिउन थालेका छन् ।

एक किलोमिटर पनि हिंडन छोडेका छन् । जस्ले जीवन शैली सहज त भयो तर स्वास्थ्यमा असर भने परीरहन्छ । जस्का कारण आयुर्वेद उपचार पद्धती र योगाको लागि विलासी जीवन जीउनेहरु बढी आकर्षीत भएको आयुर्वेद तथा योगा थेरापीष्ट बिष्णु कार्कीको अनुभव छ ।

बिदेश तथा नेपाल जताततै योगा र आयुर्वेद टुरीज्ममा राम्रो स्कोप रहेको तर नेपालमा मार्केटीडको अभाव भएको कार्कीको भनाई छ ।

खासमा आयुर्वेद सबैको पहुचको लागि हो धनीमानीसहरुको लागि मात्रै हो भन्ने मानसीकता बढेको छ तर ज्ञान नभएर आयुर्वेदलाई विलासी जिवनसंग जोडीएको कार्कीको भनाई छ ।

डक्टर बन्ने चाहना

आयुर्वेद तथा योगा थेरापीष्ट बिष्णु कार्कीले सयौ डक्टर उत्पादन गरीसके । तर आफ्नो नाम अगाडि डक्टर लेख्ने चाहना पुरा गर्न सकेनन ।

त्यो बेला समय अनि परिस्थितिको कारण डक्टर पढ्ने र पढाउने माहोल थिएन ,काममानै लागियो ।

अहिले डक्टर भएको भए धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ ,तर खुशी छु धेरै थोरै डक्टरलाई जागिर दिन सक्छु आफ्नो ज्ञान बांड्न सक्छु ,जिन्दगीको चाहना त धेरै हुन्छ पुरा हुदैन आफुभित्रै खुशी खोज्नु पर्छ ।

मलाई पपुलारीटी चाइदैन ,सानो काम गर्दा पनि ठुलो भईन्छ आफ्नो क्षमता भन्दा बढी चाहना राख्नु हुदैन ।

नेपाल र जर्मनमा योगा र आयुर्वेद सेन्टर

आयुर्वेद तथा योगा थेरापीष्ट बिष्णु कार्कीले सन २००० देखि २००८ सम्म स्विजरल्यान्डमा आफ्नै लगानीमा सेन्टर संचालन गरेका थिए भने सन २००८ देखि जर्मनीमा हिमालय योगा आयुर्वेद सेन्टर संचाललन गरीरहेका छन् ।

जहां.बाट आयुर्वेद तथा योगा तालीमका साथै उपचार पनि गरीन्छ । भने नेपालमा बिदेशीहरुलाई सिफारी पनि गरीन्छ ।

नेपालमा बिगत पांच बर्षदेखि भैसेपाटी ललीतपुरमा अजस्रीका आयुर्वेदा सेन्टर संचालन गरीरहेका छन् जहां पञ्चकर्म ,आयुर्वेद सम्बन्धी उपचारका साथै नेपाली तथा बिदेशीहरुको लागि तालीम प्रदान गरीन्छ ।

हाल भीजीट नेपाल २०२० को लागि आयुर्बेद योगा टुरीज्मलाई प्राथमीकता दिनुपर्ने आयुर्वेद तथा योगा थेरापीष्ट बिष्णु कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय