‘ग्लोबल ग्याग रुल ’नकारात्मक असर यौन तथा प्रजनन् स्वास्थ्यमा

२०७५ फाल्गुन २५, शनिबार १२:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

‘ग्लोबल ग्याग रुल ’का कारण नेपालमा सञ्चालित यौन तथा प्रजनन् स्वास्थ्यका कार्यक्रमहरुमा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा यौन तथा प्रजनन् स्वास्थ्यमा विदेशी राष्ट्रहरुलाई दिइने सहयोग कटौती गर्न ल्याएको नियम  हो

‘ग्लोबल ग्याग रुल ’ .

राजधानीमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले ग्लोवल ग्याग रुलले नेपालको महिला स्वास्थ्यमा भइरहेको प्रगतिलाई बाधा पुर्याउने भएकाले सचेत हुनु पर्ने आवश्यकता औल्याएको छ ।

डा महेश पुरीको नेतृत्वमा, कृपाका कुशुम वाग्ले, भानिषा रायोज र यसस्वी डंगोलले संयुक्त रुपमा गरहेको अध्ययनमा ग्लोवल ग्याग रुपका कारण अमेरिकी सरकारले प्रदान गर्ने सहयोग राशी कटौती हुन थालेकाले बिशेष गरि सुरक्षित गर्भपतन सेवा प्रदानमा अवरोध आउने उल्लेख गरिएको छ ।

नेपालमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत आईपास नेपाल, मेरी स्टोप्स, परिवार नियोजन संघ लगायतका संस्थाहरुलाई कुनै न कुनै रुपमा अमेरिकाले सहयोग गर्दै आइरहेको थियो ।

कृपाका अध्यक्ष आनन्द तामाङले ग्याग रुलका कारण नेपालमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा पर्ने असर देखिन थालेको दावी गर्दै अमेरिकी सरकारलाई यसलाई हटाउन दवाव दिनु पर्नेमा जोड दिए ।

सुरक्षित गर्भपतन सेवाका साथै यसका बिषयमा जनचेतना जगाउने कार्यक्रममा समेत सहयोग रोकेकाले त्यसको असर मातृ मृत्यु र बालमृत्यु दरमा समेत पर्ने भएकाले सरकारले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा बजेट बढाउनु पर्नेमा आईपासका कन्ट्री डाइरेक्टर शिबेश रेग्मीलेजोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय