लोटस फोटोग्राफी स्कुलको प्रस्तुतीमा बनेको जुनकीरी नाटक मञ्चनबाट उठेको १ लाख रकम श्वेताश्री फाउन्डेशनलाई हस्तान्तरण गरीएको छ ।
नानी थापाको लेखन निर्देशन तथा अभिनय रहेको एकल नाटक जुनकीरी मंञ्चनबाट उठेको रु १ लाख नानी थापाकै जन्मदिनको अवसर पारेर सिन्धुपाल्चोकस्थित सा“गाचोकमा निर्माधीण माझीबस्तीको सहयोगार्थ बुधबार फाउन्डेशनकी अध्यक्ष तथा नायिका श्वेता खड्कालाई १ लाखको चेक हस्तान्तरण गरीएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नाट्यकर्मी अशेष मल्ल साबीत्री मल्ल , राष्ट्रिय नाचघरका जीएम राजेश थापा लगाएतले जुनकीरी एकल नाटकको प्रशंशा गरेका थिए ।

जुनकीरीकी लेखक निर्देशक नानी थापाले परोपकार र गुरुको लागि गुरुदक्षिणास्वरुप एकल नाटक तयार पारेको बताईन ।
https://www.youtube.com/watch?v=x3__If0bPOI
कार्यक्रममा नायिका श्वेता खड्काले माझी बस्ती निर्माणको लागि गरेको सहयोगको लागि धन्यवाद प्रदान गरीन ।
https://www.youtube.com/watch?v=7dcT6xwxFRA


