डा भट्टराईको दौरा सुरुवाल चर्चा

२०७५ फाल्गुन ११, शनिबार १४:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

६५ वर्षको उमेरमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पहिलोपटक दौरा सुरुवाल र ढाका टोपी लगाए । ‘देश अनुसारको भेष’ भन्दै सामाजिक सञ्जालमा  तस्वीर हाले  ।

डा भट्टराईको यो पोशाकले भने निकै चर्चा पाइरहेको छ,  विगतमा उनको स्कुलिङ ‘दौरा सुरुवाल विरोधि’ थियो । उनको पूर्व पार्टी माओवादीले दौरा सुरुवाललाई सामन्तवादको बिम्बका रुपमा हेर्ने गर्थ्यो ।

अर्थमन्त्री र प्रधानमन्त्री बन्दा पनि डा। भट्टराईले यो पोशाक लगाएनन् । सट–पाइन्ट र कोटमा भादगाउँले टोपी लगाएर चलाए ।

०६८ सालमा उनको नेतृत्वको सरकारले नै दौरा सुरुवाल र गुन्यूचोली समयसापेक्ष नभएको भन्दै राष्ट्रिय पोशाकबाट हटाएको थियो ।

नेपालमा लगाइने सबै पोशाकलाई राष्ट्रिय पोशाकको उक्त मान्यता सरकारले दिएको थियो ।

डा भट्टराई यतिबेला दलबलसहित मध्यपहाडी लोकमार्ग अन्तर्गतका क्षेत्रहरुको भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय