पुलिस ड्रेसमा अनुप र शिल्पा

२०७५ जेष्ठ १२, शनिबार ११:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यही असार २९ मा  रिलिज हुने फिल्म वीराङ्गनाको पहिलो गीत ुतिमी पुलिस म नि पुलिसु सार्वजनिक भएको छ ।

काठमाडौंमा सम्पन्न डि सिने अवार्ड समारोहको बिचमा फिल्म विराङ्गाना टिमले ुतिमी पुलिस म नि पुलिसु सार्कजनिक गरिएको हो ।

गीतमा अनुप विक्रम शाही र शिल्पा पोखरेललाई पुलिसको ड्रेसमा डान्सिङ मुडमा देख्न सकिन्छ ।

गीतमा दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।

बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् ।

फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय