डि सिने अवार्डको यस्तो भीडन्तमा को होला उत्कृष्ट

२०७५ बैशाख २६, बुधबार १४:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

दशौं संस्करणको डी सिने अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

अवार्डमा फिल्म ‘कृ’ र ‘मंगलम्’ समान १३ विधाको मनोनयनमा परेका छन् । फिल्म ‘कृ’ एनिमेसन, पाश्र्व संगीत, ध्वनि मुद्रण, कोरियोग्राफी, द्वन्द्व, खलपात्र,, पटकथा, नवनायिका, छायाँकार, सम्पादन विधाको मनोनयनमा पनि अटेको छ । त्यस्तै ‘मंगलम्’ सम्पादक, चरित्र अभिनेत्री, पटकथा, कथा, संगीत, गायक, गायिका, ध्वनिमिश्रण र पाश्र्व संगीत विधामा परेको छ ।

अवार्डको जुरीमा लेखक तथा निर्देशक मोहन निरौला, पत्रकार तथा निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं निर्देशक तथा सिनेमाटोग्राफर सवनम मुखिया छन् ।

२९ विधाको अवार्डमा जुरी अवार्ड, क्रिटिक्स अवार्ड, इनकरेजन्ट अवार्ड, पब्लिक च्वाइस अवार्डसहित ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान पुरुष र महिला’, ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’, ‘छायाँछवि लिजेन्ड्री सम्मान’ पनि प्रदान गरिनेछ ।

अवार्ड आगामी जेठ १० गते राजधानीमा वितरण गरिनेछ । यसअघिका आठौं तथा नवौं संस्करण आयोजकले क्रमशः पोखरा र हेटौंडामा सम्पन्न गरेका थिए ।

उत्कृष्ट ५ मनोनयन सूची

१. उत्कृष्ट एनिमेशन

अक्की शर्मा           – पिँजडा व्याक अगेन

अच्युत लामिछाने – राधे

अनुपम शाह        – कान्छी

ग्लेज इन्टरटेन्टमेन्ट           – कृ

सत्यम राना/अक्की शर्मा – बटरफ्लाई

 

२. उत्कृष्ट पाश्र्वसंगीत

एलिश कार्की       – मंगलम्

एलिश कार्की       – लिलीबिली

रोहित शाक्य       – घामपानी

शैलेश श्रेष्ठ/रोहित शाक्य – कृ

शैलेश श्रेष्ठ           – दुई रुपैयाँ

 

३. उत्कृष्ट ध्वनिमिश्रण

उत्तम न्यौपाने     – ऐश्वर्य

उत्तम न्यौपाने     – कृ

मुकेश शाह          – मंगलम

मुकेश शाह          – लिलीबिली

सुनयमान श्रेष्ठ     – संरक्षण

 

४. उत्कृष्ट गीतकार

अर्जुन पोखरेल     – ऐश्वर्य  – तिमी रोएको पल

डा. कृष्णहरि बराल       – ए मेरो हजुर २ – कसम हो कसम

धीरेन्द्र प्रेमर्षि      – संरक्षण            – संझनाको सारङ्गी

महेश पौड्याल     – मुइमान्छे– आफ्नै परेली पर्दा भो

सुदर्शन थापा       – म यस्तो गीत गाउँछु– भन्छु आज

 

५. उत्कृष्ट गायिका

अञ्जु पन्त           – ऐश्वर्य  – तिमी रोएको पल

अञ्जु पन्त           – म यस्तो गीत गाउँछु – भन्छु आज

मिना निरौला      – शत्रुगते            – रुपै मोहनी

मेलीना राई        – दुई रुपैयाँ        – कुटुमा कुटु

विन्दु परियार      – मंगलम्           – पर्ख पर्ख

 

६. उत्कृष्ट गायक

कृष्ण काफ्ले        – मंगलम  – पर्ख पर्ख

राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी

सुगम पोखरेल     – म यस्तो गीत गाउँछु– भन्छु आज

सुगम पोखरेल     – ऐश्वर्य  – तिमी रोएको पल

शिव परियार       – भुइँमान्छे – आफ्नै परेली पर्दा भो

 

७. उत्कृष्ट संगीतकार

अर्जुन पोखरेल     – ऐश्वर्य  – तिमी सँग

अर्जुन पोखरेल – म यस्तो गीत गाउँछु – भन्छु आज

दिपक शर्मा         – मंगलम           – पर्ख पर्ख मायालु

राजनराज सिवाकोटी        – दुई रुपैयाँ – कुटुमा कुटु

राजनराज सिवाकोटी        – कान्छी     – चरी चट्ट परी

 

८. उत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराज            – दुई रुपैया        – कुटुमा कुटु

कविराज गहतराज            – पक्कापञ्जा २     – झ्याम्म झ्याम्म

कविराज गहतराज            – म यस्तो गीत गाउँछु– भन्छु आज

बसन्त श्रेष्ठ          – कान्छी     – चरी चट्ट परी

रेनेशा राई          – कृ       – यति यति पानी

 

९. उत्कृष्ट द्वन्द्वनिर्देशक

चन्द्र पन्त            – कृ

हिमाल केसी       – पिँजडा ब्याक अगेन

हिमाल केसी       – रुद्र

हिमाल केसी       – संरक्षण

रोशन श्रेष्ठ           – रातो घर

 

१०. उत्कृष्ट बालकलाकार

अनुभव रेग्मी       – ए मेरो हजुर – २

कुशाग्र भट्टराई     – पिँजडा ब्याक अगेन

प्रनिशा खड्का     – तान्द्रो

प्रिन्स रिजाल       – डा. खाते

विनोद मगराती   – आधा लभ

 

११. उत्कृष्ट हास्यकलाकार

केदार घिमिरे      – छक्कापञ्जा २

रविन्द्र झा           – दुई रुपैयाँ

राजाराम पौडेल   – हुर्रे

राजाराम पौडेल   – म यस्तो गीत गाउँछु

विजय बराल       – हुर्रे

 

१२. उत्कृष्ट खलपात्र

अनुपविक्रम शाही – कृ

प्रशान्त ताम्राकार – ऐश्वर्य

रमेशरञ्जन झा    – संरक्षण

राजन इशान       – दुर्इ रुपैयाँ

सरोज खनाल      – पञ्चायत

 

१३. उत्कृष्ट कथा

अर्पण थापा         – आधा लभ

गोविन्द फुयाँल    – मंगलम्

नवराज बुढाथोकी       – भुइँमान्छे

प्रकाश आङ्देङवे  – देश खोज्दै जाँदा

शिवम् अधिकारी  – पञ्चायत

 

१४. उत्कृष्ट पटकथा

आशिष रेग्मी       – कृ

गोविन्द फुयाल/नवल नेपाल       – मंगलम्

प्रदिप भारद्वाज   – लिलीबिली

दिपकराज गिरी   – छक्कापञ्जा २

रमेश रञ्जन/पूर्णेन्द्र झा      – संरक्षण

 

१५. उत्कृष्ट संवाद

प्रदिप भारद्वाज   – लिलीबिली

दीपक/केदार/जितु/अभिमन्यू       – छक्कापञ्जा २

दीपेन्द्र लामा       – घामपानी

दिवाकर भट्टराई   – ऐश्वर्य

रमेश रञ्जन झा/पूर्णेन्दु झा – संरक्षण

 

१६. उत्कृष्ट नवनायिका

अदीति बुढाथोकी – कृ

जसिता गुरुङ       – लिलीबिली

दीपिका प्रसाई     – ऐश्वर्य

रोजिशा शाही ठकुरी – आधा लभ

सारा सेर्पाइली     – रुद्र

 

१७. उत्कृष्ट नवनायक

विश्व शर्मा          – रुद्र

सन्नी सिंह           – डायरी

सलिममान बनिया          – ए मेरो हजुर २

स्वरुपपुरुष ढकाल            – छक्का पञ्जा २

सुरज पाण्डे         – लभ लभ लभ

 

१८. उत्कृष्ट नवनिर्देशक

असिम शाह         – दुई रुपैयाँ

झरना थापा        – ए मेरो हजुर २

दीपेन्द्र लामा       – घामपानी

पूर्णेन्दु झा           – संरक्षण

शिशिर राणा       – तिमीसँग

 

१९. उत्कृष्ट चरित्र अभिनेत्री

मिथिला शर्मा      – आधा लभ

गौरी मल्ल          – ब्लाइन्ड रक्स

मिथिला शर्मा      – मंगलम्

रुपा राना           – पंचायत

हिउँबाला गौतम  – राधे

 

२०. उत्कृष्ट चरित्र अभिनेता

जयनन्द लामा     – कान्छी

प्रकाश घिमिरे     – घामपानी

पुस्कर गुरुङ         – घामपानी

हरिवंश आचार्य    – शत्रु गते

शिशिर राणा       – तिमीसँग

 

२१. उत्कृष्ट सहअभिनेत्री

अनु शाह             – कान्छी

अशिष्मा नकर्मी   – संरक्षण

वर्षा राउत          – छक्का पञ्जा २

माला लिम्बु        – पर्व

मेनुका प्रधान      – हिटलर

 

२२. उत्कृष्ट सहअभिनेता

जितु नेपाल         – छक्का पञ्जा २

बुद्धि तामाङ       – दुर्इ रुपैया

सलोन बस्नेत       – ए मेरो हजुर २

संयम पुरी           – रातो घर

रेमनदास श्रेष्ठ      – आधा लभ

 

२३. उत्कृष्ट छायाँकार

पुरुषोत्तम प्रधान  – कृ

पुरुषोत्तम प्रधान  – संरक्षण

राजेश श्रेष्ठ/सुदिप बराल    – ऐश्वर्य

सञ्जय लामा        – ए मेरो हजुर – २

सुदीप बराल       – लिलीबिली

 

२४. उत्कृष्ट सम्पादक

अर्जुन जिसी        – लिलीबिली

विपीन मल्ल       – छक्कापञ्जा २

मित्रदेव गुरुङ      – मंगलम्

सुरेन्द्र पौडेल       – कृ

सुरेन्द्र पौडेल       – संरक्षण

 

२५. उत्कृष्ट अभिनेत्री

नीता ढुङ्गाना     – पञ्चायत

बेनिषा हमाल      – ब्लाइन्ड रक्स

साम्राज्ञी राज्यलक्ष्मी शाह  – ए मेरो हजुर २

शिल्पा पोखरेल    – मंगलम

स्वेता खड्का       – कान्छी

 

२६. उत्कृष्ट अभिनेता

अनमोल केसी      – कृ

पुष्पल खड्का      – मंगलम्

प्रदीप खड्का       – लिलीबिली

विल्सनविक्रम राई  – रातोघर

सौगात मल्ल       – संरक्षण

 

२७. उत्कृष्ट पपुलर फिल्म

ए मेरो हजुर २ – झरना थापा

कान्छी – आकाश अधिकारी

छक्का पञ्जा –दिपाश्री निरौला

दुइ रुपैया – असिम शाह

शत्रु गते – प्रदीप भट्टराई

 

२८. उत्कृष्ट निर्देशक

मिलन चाम्स       – लिलीबिली

दीपाश्री निरौला  – छक्कापञ्जा २

दिवाकर भट्टराई   – ऐश्वर्य

नवल नेपाल        – मंगलम्

सुरेन्द्र पौडेल       – कृ

२९. उत्कृष्ट फिल्म

ऐश्वर्य

कृ

छक्कापञ्जा २

मंगलम

लिलीबिली

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय