दोलखा भीमसेनको शीलामा ‘पसिना’आएपछि परम्पराअनुसार ल्याइएको महाप्रसादलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गरेकी छिन् । भीमेश्वर मन्दिरका गुठियारहरुले शीलामा आएको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पुर्याएका थिए ।भीमेश्वर नगरपालिका वडा नं। २ का वडाध्यक्ष बिराजमान श्रेष्ठसहितको टोलीले दिएको प्रसादलाई राष्ट्रपति भण्डारीले ग्रहण गरेकी हुन् ।


