धुलीखेल जिपलाईनमा सेलीब्रेटीक्रेज

२०७६ माघ १०, शुक्रबार ०३:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

 

मान्छेले जिन्दगीमा अनेकन तरीकाबाट आनन्द लिन खोजीरहेको हुन्छ । मनमनै आकाशमा चरी झै उड्ने सपना देख्छ ,कल्पना गर्छ ।
यतिबेला धुलीखेलमा गतबर्षबाट संञ्चालनमा आएको जिपलाईनले मान्छेको आकाशमा उड्ने सपना पुरा गरीरहेको छ ।

धुलीखेल स्थित जिपलाईनमा १ मिनेटभित्र ११ सय मिटरको यात्रा हावाको बेगसंगै आकाशमा उडेर आनन्द लिन सकिन्छ । धुलीखेल जिपलाईनमा सेलीब्रेटीक्रेज उत्तिकै बढेको छ । नायिका रेखा थापा ,प्रीयंका कार्की ,आयुष्मान देशराज , नायक अनमोल केसी ,नायक रमीत ढुंगाना , गायक बुद्ध लामा लगाएतका सेलीबे्रटीहरुले जिपलाईन सेन्टर पुगेर आनन्द लिईसकेका छन् ।

नायिका प्रीयंका कार्की र आयुष्मान देशराजको जोडीले गरेको कपल जिपलाईनको तस्वीरले निकै चर्चा पायो । पर्यटन प्रबद्र्धन गर्नका लागि महत्वपुर्ण मानिएको जिपलाइनमा नेता ,उच्चपदस्थ अधिकारी, उद्योगी ब्यवसायी तथा युवापुस्ताहरुको भीडभाड लागिनैरहने गर्दछ ।
नेपालमै पहिलोपटक सुपरम्यान जिपलाईनको शुरुवात गरेको धुलीखेलस्थित जिपलाईन सेन्टरमा सुपरम्यान सहित क्लासीक र कपल जिपलाईन गर्न सकिन्छ भने बालबालिकाहरुको लागि समेत बिभिन्न ब्यवस्था मिलाइएको छ मनोरञ्जनको लागि ।

अझै ब्यवस्थीत तरीकाले ब्यवसायलाई अगाडि बढाउन लागि परेको जिपलाईनका स्ांञ्चालक केदार थापाले बताए ,उनका अनुसार एक बर्षको समयअवधीमा जिपलाईन ब्यवसायको राम्रो प्रगती भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय