नेपालको पर्यटकीय प्रबद्र्न र भ्रमण बर्ष २०२० सफल बनाउन नेपाल एशोशीयसन अफ टुर एण्ड ट्राभल एजेन्टस नाट्टाले
नेपाल वायुसेवा निगमलाई ६ वटा विमान थप गर्न आग्रह गरेको छ ।
बिदेशी पर्यटक नेपाल आगमनको लागि हवाई उडान महत्वपुर्ण भएको तर पर्याप्त नभएको भन्दै नाट्टाले सरकारलाई हवाई उडान थप्न आग्रह गरेको नाट्टा अध्यक्ष सिएन पाण्डेले बताए ।
४ न्यारोबडी जहाज र २ वटा वाईडबडी जहाज थप्न आफुहरुले सरकारलाई सुझाएको पाण्डेले ब ताए । हाल नेपालमा दुई वटा न्यारोबडी र दुई वाईबडी विमान संचालनमा रहेको छ ।
भ्रमण बर्ष २०२० आउनै लाग्दा अन्तराष्ट्रिय पर्यटकको लागि नभैनहुने उडानको ब्यवस्थापन गर्न सबेै लाग्नुपर्ने नाट्टा अध्यक्ष पाण्डेको भनाई छ । भ्रमण बर्ष २०२० को लागि भारत र चिनका मिडियाहरु तथा पर्यटन ब्यवसायीहरुसंग सहकार्य गर्ने तयारी भैरहेको नाट्टाले जनाएको छ ।


