डेगुको संक्रमणबाट बच्न गोदरेजको सचेतना कार्यक्रम

२०७६ आश्विन ३, शुक्रबार १६:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

डेगुको संक्रमणबाट बच्न गोदरेजले सचेतना कार्यक्रमको आयोजना गरेको छ

गोद्रेजको एक टेलिले काठमाडौं उपत्याको विभिन्न अस्पताल र विद्यालयको भ्रमण गरे ,जहाँ उनीहरूले विद्यार्थीहरु लगायत कर्मचारीहरुलाई यस माहामारी सम्बन्धी र यस अवस्थाको सामना के कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी दिएका थिए।

भ्रमण को क्रममा गोद्रेजक टोलिले एल्फिस इस्कूल, गणेश उच्च, माध्यमिक इस्कूल, श्री पद्म इस्कूल, टीचिंग अस्पताल, पटन अस्पताल, भक्तपुर अस्पताल, हिमाल अस्पताल, काठमाडौँ मोडल अस्पताल अल्का अस्पताल, सुमेरु अस्पताल जस्तै अन्य धेरै बिध्यालय, अस्पताल र काठमाडौँ, भक्तपुर, ललितपुर का विभिन्न समुदायलाई सम्म नि गोद्रेज का टोलि पुग्न सफल भएका छन्।

गोदरेजको टोलीले लामखुट्टे प्रजनन हुन सक्ने क्षेत्रको के कसरी सफा राख्न सकिन्छ भनेर पनि आवश्यक उपायहरू सिकाएका थिए। यस बाहेक उनीहरूले समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न पनि सुझाब दिएका थिए ।

एस बाहेक गोद्रेज ले हिट – उड्ने किरा मार्ने स्प्रेहरु बिध्यार्थी, शिक्षक र कर्मचारी हरुलाइ बितरण गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय