पोखरामा चलचित्र पत्रकारिता सम्बन्धि कार्यशाला शुरु

२०७६ भाद्र १९, बिहीबार ००:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र पत्रकारहरुको कार्यक्षमतामा वृद्धि गर्नका लागि पोखरामा चलचित्र पत्रकारिता सम्बन्धि कार्यशाला सुरु भएको छ।

बुधबार गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा बन मन्त्री माननीय बिकास लम्सालको प्रमुख आतिथ्यतामा कार्यशालाको औपचारिक उद्घाटन गरिएको हो । चलचित्र पत्रकारहरुलाई  पोखरामा स्वागत गर्दै उनले कार्यशालाका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चलचित्र पत्रकार संघ र चलचित्र विकास वोर्डसँगको सहकार्यमा तथा चलचित्र पत्रकार संघ पोखरा शाखाको स्थानिय संयाेजकत्वमा आयोजित उक्त कार्यशालामा पत्रकार आचारसंहिता तथा मिडियासम्बन्धि कानुन, चलचित्र, समिक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया सम्बन्धि दक्षताको ज्ञान सिकाइनेछ।

यो कार्यशालामा केन्द्र र शाखाबाट पत्रपत्रिका, अनलाइन तथा यूटुबका गरी एक सय २० जनको सहभागिता रहेको छ।

संघका अध्यक्ष सन्दिप सापकोटाले यो कार्यशाला निकै फलदायी हुने बिश्वाश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय