ह्याम्समा हेलीप्याड सहित एयर एम्बुलेन्स सेवा

२०७६ श्रावण २०, सोमबार १४:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धुम्बाराहीमा अवस्थीत ह्याम्स अस्पतालले सोमबारबाट हेलीप्याड सहित एयर एम्बुलेन्स सेवा बिधिवत रुपमा संचालनमा ल्याएको छ । बुढानिलकण्ठ नगरपालीकाका मेयर उदव खरेल , प्रोफेसर डक्टर भगवान भन्डारी प्रा।डा अर्जुन कार्की ,मेडीकल डाईरेक्टर भास्करराज पन्त तथा अस्पतालका अध्यक्ष रामशरण भन्डारीले संयुक्तरुपमा हेलीप्याडको उद्घाटन गरेका हुन ।

ह्याम्स अस्पतालको छतमा नवनिर्मित हेलीप्याडमा एयर डाईनेष्टीको हेलीकप्टेरले सफल अवतरण गरी एयर एम्बुलेन्सको सेवा शुरुवात गरीएको हो । ह्याम्स अस्पतालले १२ घन्टा एयर एम्बुलेन्स सेवा प्रदान गर्ने र छिटो उपचारको लागि सेवा उपलब्ध गराउने अस्पतालका अधयक्ष रामशरण कार्कीले बताए । ह्याम्स अस्पतालमा नेपालमा नाम चलेका अनुभवी चिमित्सकहरुले बिरामीको उपचार सेवा प्रदान गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय