मर्म विज्ञान सम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलन शुरु

२०७५ चैत्र २३, शनिबार १९:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

आयुर्वेद मर्म विज्ञान सम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । धुलीखेल स्थित पतञ्जली आयुर्वेद मेडीकल कलेज एण्ड रिसर्च सेन्टरमा शुक्रबार देखि पहिलो अन्तराष्ट्रिय सम्मेलन एवं कार्यशाला गोष्ठी शुरु भएाके हो ।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवले उद्घाटन गर्नु भयो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री यादवले नेपालमा आयुर्वेद उपचार पद्धतीलाई सरकारले उपेक्षा गरेको बताउनुभयो ।

आगामी दिनमा आयुर्वेद विज्ञानलाई प्राथमीकता दिने प्रतिबद्धता समेत मन्त्री यादवले गर्नुभयो ।

धुलीखेल स्थित पतञ्जली आयुर्वेद मेडीकल कलेज एण्ड रिसर्च सेन्टरका प्राचार्य प्राध्यापक डाक्टर रामचन्द्र अधिकारीले आयुर्वेद सम्बन्धी मर्म विज्ञानलाई बिस्तार गर्ने सम्मेलनको उदेश्य रहेको बताउनु भयो ।

सम्मेलनमा भारतका बरिष्ठ आयुर्वेद विशेषज्ञहरुको सहभागिता रहेको छ ।

पतञ्जली आयुर्वेद मेडीकल कलेज एण्ड रिसर्च सेन्टर ,ए डी एफ ईनडीया विश्व आयुर्वेद परिषद आयोजक रहेको सम्मेलनको सहप्रायोजक नेपाल आयुर्वेद बिद्यार्थी समाज रहेको छ ।

आयुर्वेदमा १०७ वटा मर्महरुको बयान गरीएको हुन्छ । सोही ज्ञानलाई प्रचार गर्ने सम्मेलनको मुख्य उदेश्य रहेको बताईएको छ ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय