प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

२०७५ चैत्र ७, बिहीबार ०८:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  नेकपा  का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ ।

पत्नी सीता दाहालको उपचारका लागि  प्रचण्ड अमेरिकामा छन् ।  उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका पुगेका हुन् ।
केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन् ।

अमेरिकी कानुनले कुनै पनि युद्ध अपराधीलाई आफ्नो देशमा पक्राउ गर्न सक्ने अधिकार दिएको छ । प्रचण्डमाथि युद्ध अपराध गरेको, मानवअधिकार उल्लंघन गरेको आरोप लागेकाले उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय