पूर्वमन्त्री जयन्त चन्दसहित १८ नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० परित्याग गरेका छन् ।
राप्रपाबाट अलग भएको घोषणा गर्नेहरुको सूचीमा चन्दको नाम पहिलो नम्बरमा छ । उनी चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।
भरत पाठक, भरत गिरि, प्रल्हाल साह, दिनेश श्रेष्ठ गोविन्द खनियाले पनि पार्टी छाडेका छन् । सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन् ।


